• ३० श्रावण २०८३, शनिबार

नेपाली नर्स बेलायत पठाउनेबारे सम्झौता प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदले दियो स्वीकृति

काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउनका लागि गरिने सम्झौताको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।

मंगलबारको मन्त्रिपरिषद्ले उक्त सम्झौता अघि बढाउन स्वीकृति दिएको बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

नेपाल सरकार र बेलायत सरकारबीच हुने सम्झौताको कुनै निजी कम्पनीको मध्यस्थताबिना नै नर्स बेलायत पठाउने गरी सम्झौताको मस्यौदा तयार पारिएको छ।

बेलायतबाट ठूलो संख्यामा नर्सको माग भए पनि अहिलेलाई १० हजार पठाउने तयारी रहेको श्रम तथा रोगजार मन्त्रालयले जनाएको छ। बेलायत रोजगारीमा जाने नर्सले मासिक ४ लाख नेपाली रुपैयाँ तलब पाउने गरी सम्झौता हुन लागेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस