• ३० श्रावण २०८३, शनिबार

स्वास्थ्य प्रणालीमा सूचना तथा सञ्चार प्रविधि जोड्ने ‘हेल्थ इन्फरम्याटिक्स’

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले नेपालमै पहिलो पटक स्वास्थ्य सूचना विज्ञान ‘हेल्थ इन्फरम्याटिक्स’ विषयमा २०२२ देखि स्नाकोत्तर र २०२४ देखि स्नातक तहको कार्यक्रमहरु संचालन गरिरहेको छ। स्वास्थ्य प्रणालीमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी)को बढ्दो महत्वलाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको हो। स्वास्थ्य सूचना प्रणाली (एचआईएस) मार्फत तथ्यांक संकलन, विश्लेषण र उपयोग गरी नीति निर्माण, स्वास्थ्य योजना र गुणस्तरीय सेवा सुधार गर्न सकिन्छ। यो दिगो विकासको लक्ष्य बुँदा नं ३ सबैको लागि स्वास्थ्य र कल्याण भन्ने विषयसँग सम्बन्धित छ।

‘हेल्थ इन्फरम्याटिक्स’का कोर्षहरूमा मुख्यता स्वास्थ्य डाटा व्यवस्थापन, प्रोग्रामिङ डाटा विश्लेषण, स्वास्थ्य सूचना प्रणाली विकास र व्यवस्थापनमा केन्द्रित कोर्षहरू, तथा पब्लिक हेल्थ, इपिडेमियोलोजी, रेडियोलोजी जस्ता विषयहरूलाई प्राथमिकता दिइएको छ। स्नातक तहमा अध्ययन गर्न चाहनेहरुका लागि १२ मा साइन्स तथा नर्सिङ, ल्याब टेक्नोलोजी, इन्जिनियरिङ जस्ता विषयमा डिप्लोमा गरेको हुनुपर्नेछ। त्यसै गरी स्नातकोत्तरमा अध्ययन गर्नको लागि स्नातक तहमा मेडिकल, इन्जिनियरिङ् तथा अरु विज्ञान सम्बन्धित कोर्स गरेको हुनुपर्नेछ।

यी कोर्सहरू गरेपछि रोजगार÷ व्यवसायिक सम्भावना यी क्षेत्रहरूमा छ: डिजिटल हेल्थ सोलुसन विकासकर्ता तथा स्वास्थ्य प्रविधि अनुसन्धानकर्ता, सरकारी निकाय, अस्पताल, निजी कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थामा रोजगारीको माग बढ्दो अवस्थामा छ। त्यसैगरी अरु क्षेत्रहरू हेल्थ इन्फरमेसन स्पेसलिस्ट, क्लिकल डाटा एनलिस्ट, हेल्थ ईन्फर्मेसन म्यानेजर, हेल्थ आईटी म्यानेजर आदि जस्ता क्षेत्रमा पनि छ।

दीर्घकालीन अवसरहरूमा स्नातक तथा स्नातकोत्तर पछि मास्टर्स र पीएचडीमा सहज प्रगति  गर्न सकिन्छ। त्यसैगरी स्वास्थ्य सूचना प्रणाली र डिजिटल हेल्थ क्षेत्रमा अनुसन्धान, नीति निर्माण तथा परामर्श दिने अवसरहरु हुन्छ। विश्वयापी रूपमा स्वास्थ्य क्षेत्रमा डाटामुखी निर्णय प्रक्रिया बढ्दै गएको कारण रोजगारी तथा शोध अवसर अझै विस्तार हुँदै जानेछ।

हालसम्म काठमाडौँ विश्वविद्यालयले ३ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना लिएको छ र चौथो लिने तयारी गर्दैछ। त्सयैगरी स्नातक तहमा दोस्रो व्याच लिदैछ भने पीएचडी तहमा ६ जना क्याण्डिडेटहरू यो विषयमा आफ्नो पीएचडी गर्दैछन्।

यी दुवै कोर्सहरूको विषय कमिटिमा नेशनल राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूलाई सामेल गरेर कोर्स करिकुलम विकास गरिएको छ। पढाउनका लागि कोर्स अनुसारका विज्ञहरू विभिन्न देशहरू: जस्तै इन्डिया, श्रीलंका, थाइल्याण्ड जस्ता देशहरुबाट बोलाएर विद्यार्थीहरुलाई पढाइन्छ। विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभएर ह्याण्ड्स अन प्रयाक्टिकल अनुभव दिनको लागि विभिन्न फिल्ड भिजिट्स, प्रयाक्टिकल सेसन्स, सेमिनारहरू, वर्कशपहरू आयोजना गरेर ट्रेनिङ दिने गरिएको छ। त्यसैगरी विभिन्न प्रोजेक्टहरू र अनुसन्धानहरूमा पनि इच्छुक विद्यार्थीहरुलाई सामेल गरेर एक्स्चेन्ज भिजिटहरू जस्ता कार्यक्रमहरू ल्याइन्छ।

विद्यार्थीहरूको प्रयोगात्मक ट्रेनिङको लागि विभिन्न किसिमका कम्प्यूटर ल्याबहरू तथा डेडिकेटेड हेल्थ इन्फरम्याटिक्स ल्याब स्थापना गरिएको छ। भविष्यमा विद्यार्थीको रिसर्च पेपरहरू लेखनको लागि र रिसर्चलाई बलियो बनाउनका लागि हेल्थ इन्फोमेटिक्स ल्याबले मद्दत गरिरहेको छ । काठमाडौँ विश्व विद्यालयको यी कार्यक्रमहरुलाई बलियो बनाउन नेशनल एड्भाजरी बोर्ड र इन्टरनेशनल एड्भाइसरी बोर्डको पनि स्थापना गरिएको छ। त्यसैगरी हिस्प, ओस्लोको मेम्बर रहेको छ भने एसीएचआईएन, डीएचआईएसटु, ओपेन एमआरएस र एफएचआईआर कम्यूनिटमा सामेल रहेको छ। यस्ता बोर्डहरू र कम्युनितिमा सामेल भएर विद्यार्थीहरूका लागि ट्रेनिङ दिने तथा क्षमता विकास गर्ने गरिन्छ। त्यसैगरी नेपालका अरु सरकारी निकायहरूसँग पनि त्यतिकै नजिक भई काम गरी भविष्यमा विद्यार्थीहरूको लागि रिसर्च फेसिलिटेशन र दीर्घकालीन रूपमा हेर्दा रोजगारीको अवसर पनि आउने गरि ट्रेनिङ दिइनेछ।

हेल्थ इन्फरम्याटिक्स कार्यक्रम नेशनल तथा इन्टरनेशनल एड्भाइसोरी बोर्डबाट पारित कोर्सहरूमा आधारित रही सञ्चालन गरिएको छ। यसमा मेडिकल, इन्जिनियरिङ, पब्लिक हेल्थ र कम्प्युटर साइन्सका विज्ञद्वारा अध्यापन हुने गर्दछ। साथै, इन्टरनेशनल फ्याकल्टीहरूद्वारा अनलाइन तथा अनसाइट क्लासहरू सञ्चालन हुने गरेका छन् भने विद्यार्थीहरूले फिल्ड भिजिट र प्रयोगात्मक तालिममा पनि सहभागिता जनाउने अवसर पाउँछन्। अनुसन्धानलाई अझ प्रभावकारी बनाउन गुणस्तरीय ल्याबहरूमा प्रशिक्षणको व्यवस्था गरिएको छ। साथै, विद्यार्थीहरूलाई युजीसी फन्डेड स्कलरशिप र प्रोजेक्ट बेस्ड स्कलरशिप जस्ता अवसरहरू उपलब्ध गराइएको छ, जसले यस कार्यक्रमलाई अझ आकर्षक र प्रतिस्पर्धी बनाएको छ।

(डा विष्ट काठमाडौं विश्वविद्यालय, स्कुल हफ इन्जिनियरिङ सह–प्राध्यापक हुन् भने स्वास्थ्य सूचना विज्ञान कार्यक्रमका संस्थापक समेत हुन्।)

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस