पिजी प्रवेश परीक्षामा `फर्जी दुर्गम कार्यअनुभवको प्रमाण´ पेस गरिएको भन्दै छानबिन गर्न माग
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी) को परीक्षा दिएका चिकित्सकहरुले दुर्गम कार्यअनुभवको अंकभारको लागि पेश गरिएका `शंकास्पद फर्जी´ कागजातको उचित छानबिन हुनुपर्ने भन्दै आइतवार चिकित्सा शिक्षा आयोगमा निवेदन दर्ता गराएका छन्।
उनीहरुले आज चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, सदस्य सचिव र परीक्षा समितिका निर्देशकलाई छानबिनका लागि निवेदन दर्ता गराएका हुन्।
आयोगले म्याचिङ अगावै सम्पुर्ण दुर्गमको अंक पाएका कार्यअनुभवको प्रमाणहरुमा उचित छानबिन हुने प्रतिबद्धता जनाएको पनि स्नातकोत्तर तहका उम्मेदवार चिकित्सकहरूले जानकारी दिए।
उम्मेदवार चिकित्सकहरुले आयोगले गरेका प्रतिबद्धता कार्यान्वयन नगरी आवश्यक छानबिन बिनै म्याचिङको प्रक्रिया अगाडि बढाए फर्जी गर्ने हरुकाे मनाेवल बड्ने र सहि उम्मेदवारकाे मनाेवल घट्ने हुन्छ, जसका कारण खराब नजिर स्थापना भई सम्पुर्ण स्वास्थ्य क्षेत्र धरासाही बन्दै जाने हुदा यसाे गरे कानुनी उपचार खोज्ने चेतावनी पनि दिएका छन्।
अनियमितता छानविन गरि योग्यताक्रम कायम गरि योग्य उम्मेद्वारले पढ्न पाउनुपर्ने उम्मेदवार चिकित्सकहरूले
न्यायका लागि सम्बन्धित सबैलाई साथ दिन समेत उनीहरुले अनुरोध गरेका छन्।








..jpeg)















प्रतिकृया दिनुहोस