केयूको उपकुलपतिका लागि १६ जना प्राध्यापकहरुको आवेदन
काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदका लागि जना मध्ये १६ प्राध्यापकहरुको आवेदन स्वीकृत भएको छ।
उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार १७ जनाको आवेदन परेकोमा एक जनाको आवेदन अस्वीकृत भएको हो।
यही ६ माघदेखि उपकुलपति डा भोला थापाको कार्यकाल सकिदै गर्दा सिफारिस समितिले १८ पुस २०८१मा दरखास्त आह्वान गरेको थियो।
नियुक्ति प्रक्रिया अनुसार १६ जना आवेदकबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्नेछ।
नाम सिफारिस समिति काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठन गरिएको थियो।
समितिले ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरेको थियो।
स्वीकृत गरिएका दरखास्तहरुमा प्राडा मेघराज दंगाल, प्राडा श्याम नारायण लाभ, प्राडा नविन पोखरेल प्राडा सुबोध शर्मा, प्राडा वाल चन्द्र लुइटेल, प्राडा हरिप्रसाद न्यौपाने, प्राडा विभूति रञ्जन झा तथा प्राडा भोला थापा रहेका छन्।
त्यसैगरी प्राडा कन्हैया झा, प्राडा जर्नादन लामिछाने, प्राडा मनिष पोखरेल, प्राडा विम प्रसाद श्रेष्ठ, प्राडा वेदमणी दाहाल प्राडा राजेश नेपाल, प्राडा अच्युत प्रसाद वाग्ले र प्राडा धिरज गिरी सहित १६ जनाको आवेदन स्विकृत भएको हो।







..jpeg)















प्रतिकृया दिनुहोस