• १५ कार्तिक २०८३, आइतबार

नेपाललाई मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाललाई क्षेत्रीय मेडिकल हबका रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा कार्यदल गठन गरी काम अघि बढाउने निर्णय गरेको हो। बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा विदेशी बिरामीलाई गुणस्तरीय र सुलभ उपचार सेवा उपलब्ध गराउन आवश्यक नीतिगत तथा नियमनकारी संरचना निर्माण, अस्पतालको गुणस्तर र बिरामी सुरक्षाको मापदण्ड निर्धारण तथा विदेशी बिरामी र उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयमा छलफल भएको थियो।

चिकित्सा सेवा पर्यटनको प्रवर्द्धनले विदेशी मुद्रा आर्जन बढाउनुका साथै नेपाली नागरिकको विदेशमा उपचार गर्नुपर्ने बाध्यता घटाउन र स्वदेशमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस