मधेशमा मृगौला उपचार केन्द्र स्थापनाको प्रक्रिया अघि बढ्यो
काठमाडौं। मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।
मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाउँदै निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।
केन्द्र स्थापना भएपछि मधेश प्रदेशका मृगौलासम्बन्धी समस्या भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।



..jpeg)

















प्रतिकृया दिनुहोस