• १४ कार्तिक २०८३, शनिबार

औषधि व्यवस्था विभागदेखि प्रयोगशालासम्म कर्मचारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागले फार्मेसी समूहका दर्जनभन्दा बढी कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्। औषधि व्यवस्था विभाग, राष्ट्रिय औषधि प्रयोगशाला र स्वास्थ्य सेवा विभागमा कार्यरत अधिकृत तथा नायब सुब्बा तहका कर्मचारीको सरुवा तथा जिम्मेवारी परिवर्तन गरिएको हो।

विभाग स्रोतका अनुसार आठौँ तहका राजेश श्रेष्ठलाई औषधि व्यवस्था विभागबाट विराटनगर शाखा पठाइएको छ। निकेश श्रेष्ठ र मोकेन्द्र पञ्जियारलाई राष्ट्रिय औषधि प्रयोगशालामा खटाइएको छ। त्यस्तै, स्वास्थ्य सेवा विभागबाट सञ्जीव कट्टेललाई औषधि व्यवस्था विभागमा ल्याइएको छ भने उनको स्थानमा वर्षा शाक्यलाई पठाइएको छ।

यसैगरी सातौँ तहका केसु गिरी र अच्युत रेग्मीलाई औषधि व्यवस्था विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको छ। प्रयोगशालामा कार्यरत निशा श्रेष्ठ, अर्विन बानियाँ र सुस्मिता मरासिनीलाई विभागमा ल्याइएको छ।

सुपरभाइजर सुष्मा थपलिया र रेणु पौडेललाई विभागबाट प्रयोगशालामा तथा सिर्जना पोखरेल, प्रविण राजवंशी र विकास बाबु श्रेष्ठलाई प्रयोगशालाबाट विभागमा सरुवा गरिएको छ। विभागमा कार्यरत प्रशासनतर्फका नायब सुब्बा विष्णु रायमाझीको पनि सरुवा भएको छ।

लामो समयदेखि एउटै निकायमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको स्रोतले जनाएको छ। विभागका एक अधिकारीका अनुसार मन्त्रालय र विभागबीचको समन्वयमा कर्मचारी सरुवा गरिएको हो।

प्रतिकृया दिनुहोस