एनएमए अन्तर अस्पताल फुटसल प्रतियोगिताको उपाधि काठमाडौं मोडल अस्पताललाई
काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए) द्वारा आयोजित अन्तर अस्पताल फुटसल प्रतियोगिता २०८३ को उपाधि काठमाडौं मोडल अस्पतालले जितेको छ।
प्रतियोगितामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका १२ टोली सहभागी भएका थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो।
समूह ‘ए’ मा एभरेस्ट अस्पताल, एड्रेनालिन एफसी र राष्ट्रिय ट्रमा सेन्टर रहेका थिए। समूह ‘बी’ मा नेपाल अर्थोपेडिक अस्पताल, मिड्याट अस्पताल र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सहभागी थिए।
त्यस्तै, समूह ‘सी’ मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, सुमेरु सिटी अस्पताल र काठमाडौं मेडिकल कलेज तथा समूह ‘डी’ मा त्रिवि शिक्षण अस्पताल, काठमाडौं मोडल अस्पताल र बी एन्ड बी अस्पताल रहेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौं मोडल अस्पतालको टोलीले उपाधि जितेको हो।




















प्रतिकृया दिनुहोस