• ३० श्रावण २०८३, शनिबार

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. नेपाललाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेकी हुन्।

नवनियुक्त निर्देशक डा. नेपाल न्याम्सअन्तर्गत ११औँ तहका चिकित्सक हुन्। उनी ग्यास्ट्रो सर्जनका रूपमा कार्यरत छन्। नियुक्तिसँगै उनले बिहीबारदेखि नै वीर अस्पतालको निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका छन्।

त्यसैगरी वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र अनिता बिसी नियुक्त भएका छन्।

यसअघि सरकारले डा. प्रभा कोइरालालाई वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो। नयाँ निर्देशक नियुक्त भएसँगै डा. कोइरालाको निमित्त निर्देशकको जिम्मेवारी अन्त्य भएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस