• ३० श्रावण २०८३, शनिबार

पूर्वाधार प्रविधि र सेवा विस्तारमा नेशनल वाथ रोग सेन्टर

नेशनल बाथरोग सेन्टरले बाथरोग उपचारलाई जिल्ला–जिल्लासम्म पु¥याउने उद्देश्यका साथ १२ वर्षअघि सेवा प्रारम्भ गरेको हो। हामीले सुरुवाती चरणमा काठमाडौं भक्तपुर र ललितपुर तीनवटै जिल्लामा बाथरोग केन्द्रको स्थापना गर्यौ। त्यसपछि पोखरा, बुटवल, झापा, चितवन दाङ र अहिले धनगढीमा पनि यसको शाखा सुरु गरेका छौ। सुरुमा दैनिक ४० जना बिरामीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले कम्तीमा पनि दैनिक १५० जना बिरामी उपचार लिइरहेका छन्।

उपत्यकाबाहिर रहेका शाखाहरूमा यहाँबाट विशेषज्ञ डाक्टरहरू महिनामा तोकिएको तालिका अनुसार पुग्ने गर्छन्। काठमाडौँको रातोपुलस्थित सेन्टर, ललितपुर, भक्तपुर र पोखरा शाखामा ६० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रूपमा मात्र नभई फ्रेन्चाइज शाखासहितमा जोड्दा १ सय भन्दा बढी जनशक्ति यस सेन्टरसँग जोडिएका छन्। अहिले धनगढीबाट पनि सेवा सुरु हुँदैछ।

बिरामी केन्द्रित उपचारमा जोड

नेशनल बाथरोग सेन्टरमा बाथरोग विशेषज्ञहरूबाट उपचार हुने भएकाले बिरामीले आफ्ना समस्या छिट्टै पत्ता लगाउन सक्ने सुविधा पाएका छन्।

एडभान्स प्रविधिका उपकरण प्रयोग गरिएकाले उपचार अझै भरपर्दो बनेको छ। यहाँ नविनतम टेक्नोलोजीहरु जस्तो  र्युम्याटो-इम्युनोलोजी र मोल्युकुलर प्याथोलोजी रहेका छन्। त्यस्तै नेलफोल्ड क्यापिलारोस्कोपी, नर्भ कन्डक्सन भेलोसिटी, मस्कुलोस्केलेटल अल्ट्रासाउण्ड, ईन्टोफरोसिस र थर्मोग्राफी जस्ता नयाँ नयाँ प्रबिधिको प्रयोग गरी उपचार गरिने हुदा धेरै बिरामीहरूले यहाँको सेवाबाट सन्तुष्ट भई अरूलाई पनि सिफारिस गर्ने गरेका छन्, जुन यस संस्थाको प्रमुख सकारात्मक पक्ष हो।

तर, सबै बिरामीको आर्थिक अवस्था समान हुँदैन। सुरुवाती चरणमा एन्टिबडी टेस्ट र अन्य डायग्नोस्टिक परीक्षणका कारण उपचार खर्चिलो हुन्छ। तर, रोग पुष्टि भएपछि नियमित फलोअप र औषधि सेवनले खर्च कम हुने भएकाले पछि बिरामीलाई सहज हुन्छ।

नयाँ भवनमा सर्दै

बढ्दो बिरामी चापका कारण अहिलेको संरचनाले माग धान्न सकिरहेको छैन। यही कारण नेशनल बाथरोग सेन्टर आगामी छ महिनाभित्र नयाँ भवन बागेश्वरीमा सारिँदैछ। नयाँ संरचनामा दैनिक ४०० जना बिरामीलाई उपचार गर्ने क्षमतासहितको सुविधा उपलब्ध हुनेछ। जहाँ आधुनिक प्रविधि र प्रतिष्ठित बाथरोग विशेषज्ञद्वारा उपचार प्रदान हुने व्यवस्था गरिएको छ।

यसलाई अस्पतालको रुपमा सञ्चालन गरिँदैछ, जहाँ बाथरोगको उपचारसँगै घुँडाको प्रत्यारोपणजस्ता जटिल शल्यक्रिया गर्ने व्यवस्था पनि हुनेछ। जसबाट निजी क्षेत्रमा मात्र नभई समुदायस्तरमै काम गर्ने सोच छ।

जनचेतना

नेपालमा बाथरोगको बारेमा अझै पनि पर्याप्त जनचेतना छैन। धेरै बिरामीहरूले रोग थाहा नपाएर ढिला गरी उपचार खोज्ने हुँदा अवस्था गम्भीर बन्न पुग्छ। बाथरोगले केवल जोर्नी मात्र नभई भित्री अङ्गहरूमा समेत असर गर्ने भएकाले यसबारे सचेतना आवश्यक छ।

यसलाई ध्यानमा राखी सेन्टरले स्थापना कालदेखि नै विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। बाथरोग दिवस मनाउने, फोटो प्रदर्शनी, समुदायमा बाथरोग स्क्रिनिङ सञ्चालन गर्ने, स्वास्थ्य शिविर राख्ने जस्ता कार्यक्रमहरू नियमित भइरहेका छन्। यस्ता प्रयासले धेरै बिरामी प्रारम्भिक अवस्थामा नै रोग पत्ता लगाएर उपचारमा आएका उदाहरण भेटिएका छन्।

यससँगै सेन्टरले अनुसन्धान कार्यमा पनि जोड दिएको छ। अनुसन्धान, जनचेतना र उपचारलाई समानान्तर अघि बढाउन सकिएकाले व्यवस्थापन र ज्ञान विकास दुबै क्षेत्रमा योगदान पुगेको छ। रोगको सही पहिचान गरी बिरामीलाई गुणस्तरीय सेवा दिने र यो सेवा नेपालका प्रत्येक जिल्लामा पुर्याउने सेन्टरको लक्ष्य रहेको छ।

 

 

प्रतिकृया दिनुहोस