केमोथेरापी लिदै गर्दा पनि बच्चा जन्माउन सफल भइन कैलालीकी ३२ वर्षीय महिला
काठमाण्डौं । क्यान्सर सेन्टर र आरोग्य मन्टि स्पेशियालिटी अस्पताल ठिमीको सहकार्यमा हालै एक केमोथेरापी लिदै गरेकी महिलाले बच्चा जन्माउन सफल भएकी छिन्।
स्त्री तथा प्रसूति रोग/ प्रजनन अंग क्यान्सर रोग विशेषज्ञ डा सुरेश कायस्थको नेतृत्वमा ३ दिन अगाडी शल्यक्रिया गरिएकी उक्त महिला अहिले स्वस्थ बच्चा लिएर डिस्चार्ज हुने अवस्थामा छिन्।
सुदुरपश्चिम कैलालीकी ३२ वर्षीय ती महिलालाई पाँच महिनाको गर्भ रहेको बेला बाँया स्तनमा गिर्खा देखिएपछि क्यान्सरको शंका लागेर भक्तपुरस्थित काठमाण्डौं क्यान्सर सेन्टरमा जाच गराउन आइपुगेकी थिइन्।
अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर दिप लामिछाने तथा डाक्टर सुरज सुवालको टिमले स्तनको जाँच गर्दा क्यान्सरको शंका लागेर वायस्पी गराउदा क्यान्सर देखिएपछि शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।

२० हप्ताको गर्भ रहेको उनको परिवार तथा मेडिकल टिमको सल्लाह बमोजिम डा सर्जन दीप लामिछानेको टिमले शल्यक्रिया गरी उक्त स्तन निकालियो र क्यान्सर हार्मोनको जाँच गरी केमोथेरापी शुरू गरिएको थियो।
उनको मेडिकल अन्कोलोजिष्ट प्रा.डा. अन्जनी कुमार झा, डा सिमित सापकोटा, डा सुवास पण्डित र डा. आविश अधिकारीको टिमले केमोथेरापीबाट उपचार गरेको थियो।
३५ हप्ताको गर्भ भएको अवस्था सम्ममा बिरामीलाई ४ साइकल केमोथेरापी चलाइएको र केही अन्य असर जीउ चिलाउने तथा कलेजोमा असर देखिएपछि केमो बन्द गरि अन्य सपोर्टिङ मेडिसिनबाट निगरानी गरिएको थियो।
३७ हप्तामा बिरामीको प्रेसर बढेको तथा बच्चा तेस्रो भएर बसी चालमा कमि भएको अवस्थामा आरोग्य अस्पताल ठिमीमा शल्यक्रियाबाट बच्चा निकालिएको हो।
उक्त टिममा, गाइनो अन्कोलोजिस्ट डा सुरेश कायस्थ र डा उपमा कार्कीको टिमले सफल शल्यक्रिया गरी अहिले बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको जानकारी दिए।
शल्यक्रियाको अन्य टिममा बेहोस बनाउने डा राजु थापामगर, बालरोग विशेषज्ञ डा नितेश श्रेष्ठ, मेडिकल अफिसर डा निशा महर्जन तथा नर्सिङ टिमको नेतृत्व ललिता रजौरा सहित सहभागी थिए।
शल्यक्रियाबाट तीन केजीको स्वस्थ बच्चा जन्मिएको र अहिले दुबैको अवस्था राम्रो रहेको डा सुरेश कायस्थले जानकारी दिए। उनले अब एक महिना पछि पुन केमोथेरापी शुरू गरी केमोको मात्रा पुरा गरेर रेडियोथेरापीको माध्यमबाट थप उपचार गरिने बताए।
.jpeg)
उनले केमोथेरापी गर्दैमा बच्चा जन्माउन नसकिने होइन तर केही अन्य स्वास्थ्यमा गडबडी भएमा बिरामीको हेरचाह तथा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा भने रहनु पर्ने बताए। उनले केमोथेरापी लिइरहेको अवस्थामा बच्चाको व्यवस्थामा पनि नियमित निगरानी गरिरहनु पर्ने, बच्चाको तौल वृद्धि नहुने, पानी कम हुने, वा बच्चा खेर जाने समस्या पनि हुन सक्ने भएकाले नियमित डाक्टरको निगरानी आवश्यक रहेको बताए। यस्तो अवस्थामा दिइने केमोको प्रकारपनि विशेषज्ञको सल्लाहमा नियमित भन्दा फरक प्रकारले दिनुपर्ने बताए।
उनले आफु कार्रत थी दुबै अस्पतालको टिम वर्कले नै यस्ता जटिल अवस्थाको बिरामीको उपचार गर्न सकिएको र डाक्टरहरूको सामुहिक प्रयासबाट यो सफल भएको जानकारी दिए।







-1789971833..jpeg)





..jpeg)






प्रतिकृया दिनुहोस