• ६ असोज २०८३, मंगलबार

अस्पताल पुगे पनि बाहिरै बच्चा जन्माउनुपर्ने अवस्था दुःखद : सांसद दर्शना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले अस्पताल पुगेकी महिलाले चिसो भुइँमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद भएको बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बबिता पासवानले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको घटनाले सुरक्षित मातृत्व तथा आमा–नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको देखाएको बताइन्।

उनले आमा तथा नवजात शिशु कार्यक्रम लागू भएका सबै अस्पतालमा प्रसूति सेवा निःशुल्क गर्नुपर्ने माग गरिन्। आधारभूत रगत परीक्षण तथा अल्ट्रासाउन्ड केही सेवा निःशुल्क भए पनि एनोमली स्क्यानसमेत निःशुल्क गर्नुपर्ने उनको भनाइ छ।

हाल १४५ अस्पतालमा मात्रै आमा तथा नवजात शिशु कार्यक्रम लागू रहेको उल्लेख गर्दै उनले देशभर प्रसूति सेवा दिने स्वास्थ्य संस्थाको परीक्षण गरी कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न सरकारसँग माग गरिन्।

प्रतिकृया दिनुहोस