भ्रामक विज्ञापन रोक्न आयुर्वेद चिकित्सा परिषद्को चेतावनी
काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्ले दर्ता नभएका औषधि बिक्री–वितरण तथा विभिन्न रोगको उपचारबारे भ्रामक प्रचार–प्रसार नगर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई चेतावनी दिएको छ।
परिषद्ले सूचना जारी गर्दै क्यान्सर, पाइल्सलगायत जटिल रोगको नाम ठूला अक्षरमा उल्लेख गरी उपचारको भ्रम फैलाउने, ‘चट्टै निको हुने’ तथा निको नभए पैसा फिर्ता गर्ने जस्ता दाबी गरी विज्ञापन गर्नु कानुनविपरीत भएको जनाएको छ।
यस्ता गतिविधि गरिरहेका व्यक्ति वा संस्थालाई १५ दिनभित्र त्यस्ता प्रचार–प्रसार तथा गतिविधि बन्द गर्न परिषद्ले आग्रह गरेको छ।
निर्देशनको अवज्ञा गरी गैरकानुनी गतिविधि गरेको पाइएमा सम्बन्धितलाई कानुनबमोजिम कारबाही गरिने परिषद्ले जनाएको छ।








-1789971833..jpeg)





..jpeg)





प्रतिकृया दिनुहोस