झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
काठमाडौं । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार झापामा हालसम्म जापानिज इन्सेफलाइटिसका १३ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। अभियानका लागि जिल्लामा ४ लाख ८५ हजार जनालाई लक्षित गरिएको छ।
मन्त्रालयले लक्षित समूहका सबैलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरेको छ।
साथै लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने र घरवरिपरि पानी जम्न नदिने उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।







-1789971833..jpeg)





..jpeg)





प्रतिकृया दिनुहोस