• ६ असोज २०८३, मंगलबार

जनकपुर प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात गर्ने दुई पक्राउ

जनकपुर । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

अस्पतालमा बर्थिङका लागि आएकी महिलाका आफन्तले चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुर उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखियालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत अनुसन्धान भइरहेको छ।

घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त कसुरमा दोषी ठहरिएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस