• ६ असोज २०८३, मंगलबार

बेलकोटगढीमा एकीकृत स्वास्थ्य शिविर, ३०५ जनाले लिए सेवा

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित श्री शिला देवी माध्यमिक विद्यालय परिसरमा आयोजित एकीकृत स्वास्थ्य शिविरबाट ३०५ जनाले स्वास्थ्य सेवा लिएका छन्।

असोज ४ गते २०८३ आइतबार आयोजित शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, छाला रोग, दन्त, हाडजोर्नी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो।

शिविरमा ६ जना चिकित्सक र दुई जना पारामेडिक्सको स्वास्थ्य टोलीले सेवा दिएको थियो। टोलीमा डा. राम थापा क्षेत्री, डा. निरोज कार्की, डा. सरु भट्टराई, डा. राजेश्वरी ठाकुरी, डा. श्वेता सिलवाल र डा. सोनी नेवा सहभागी थिए।

शिविर नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलकोटगढी नगरपालिका, नेपाली सेना, ओरेक, यूएन वुमनलगायतको सहकार्यमा सञ्चालन गरिएको थियो।

प्रतिकृया दिनुहोस