• ३० श्रावण २०८३, शनिबार

दुवै मात्रा खोप लिएकामा जटिल समस्या नगण्य

कोभिड१९ विरुद्घका दुवै मात्रा खोप लिएका स्वस्थ व्यक्तिकसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन। दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन 

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर (लिम्फोमा) का बिरामी थिएपहिलेदेखि नै कोमर्बिडिटीका कारण रोग प्रतिरोधक क्षमता कम भएकाले खोप लगाए पनि प्रभावकारी नहुने सम्भावना हुन्छ,’ डा. दासले भने, ‘उहाँको बढी उमेर, रक्त क्यान्सर जस्तो कोमर्बिडिटी भएकाले खोप लगाउँदासमेत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएर एन्टिबडी नबनेको वा धेरै कम बनेको हुन सक्छ

शिक्षण अस्पतालमा महामारीको पहिलो लहरमा १ सय ६० र दोस्रो लहरमा करिब ३ सय जनाको संक्रमणले मृत्यु भएको तथ्यांक छ। शिक्षण अस्पतालमा एक मात्रा खोप लगाएका २१ जना र दुई मात्रा खोप लगाएका एक जनाको मृत्यु भएको थियोमृत्यु भएकामध्ये एक मात्रा खोप लिएकाहरूको विस्तृत अध्ययनको खाँचो छ,’ शिक्षण अस्पतालका अर्का चिकित्सकले भने, ‘एक मात्रा खोप लिएर पनि मृत्यु भएकामध्ये धेरैजसोलाई खोप लिनुअघि, खोप लिन लाइनमा बस्दा वा खोप लिएलगत्तै संक्रमण भएको हुन सक्छ

वीर अस्पतालमा दुई मात्रा खोप लगाएका कसैको पनि मृत्यु नभएको कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए। निजामती कर्मचारी अस्पतालका कोभिड फोकल पर्सन डा. सुमनबाबु मरहट्टाका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएकाको मृत्यु रेकर्ड भएको छैन। दोस्रो लहरमा कुनै स्वास्थ्य समस्या नभएका र खोप नलिएका ३० वर्षे युवकको समेत गरी ४० जनाको उक्त अस्पतालमा मृत्यु भएको थियो। सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड फोकल पर्सन डा. शेरबहादुर कमरका अनुसार त्यहाँ पनि दुई मात्रा खोप लगाएका व्यक्तिको मृत्यु भएको छैनकोभिड१९ बाट शनिबारसम्म ८ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ६ लाख १९ हजार ३ सय ६५ संक्रमित भएका छन्। मृत्युदर १.६ प्रतिशत छ। कोभिड१९ विरुद्धको खोप भने ७ लाख ३१ हजार ६ सय ५३ जनाले दुई मात्रा र २५ लाख एक सय ९६ जनाले एक मात्रा लिएका छन्। उनीहरूलाई भारतमा उत्पादित कोभिसिल्ड र चीनमा उत्पादित भेरोसेल खोप लगाइएको हो

स्वस्थ व्यक्तिले दुई मात्रा खोप लगाएको २ साता भइसकेपछि संक्रमण भएर ज्यान गएको जानकारी हालसम्म प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताए। उनका अनुसार एक मात्रा खोप लगाएको दुई सातापछि संक्रमित भएकामा समेत मृत्यु न्यून देखिएको छ। कोभिड१९ विरुद्धको दुई मात्रा खोप लिएका थोरैमा मात्र संक्रमण देखिएको छ भने उनीहरूमा जटिलतासमेत अत्यन्त कम पाइएको छ। एक मात्रा खोप लिएको दुईतीन साता बितेका व्यक्तिमा कोभिड संक्रमणको जटिलता कमी देखिएको चिकित्सकहरू बताउँछन्। पूर्ण मात्रामा खोप लगाउनु नै

कोभिड१९ समस्याको समाधान रहेको उनीहरूको भनाइ छहामीकहाँ दोस्रो लहरमा दुई वा एक मात्रा खोप लिएका करिब दुई सय स्वास्थ्यकर्मी संक्रमित भए। तीमध्ये २ जनालाई मात्र अस्पतालमा भर्ना गर्नुपर्‍यो तर आईसीयूमा लानुपरेन,’ वीर अस्पतालका डा. कार्कीले भने, ‘हामीकहाँ भर्ना भएका कोभिडका गम्भीर बिरामी खोप नलगाएकैहरू हुन्

त्रिवि शिक्षण अस्पतालका डा. दासले पनि त्यहाँका संक्रमित कर्मचारी कसैलाई पनि अस्पताल भर्ना गर्नुनपरेको बताएमहामारीको दोस्रो लहरमा १९ देखि ६३ वर्षसम्मका १ सय २० जना संक्रमित भएका थिए। उनीहरू सबैजसोले दुई मात्रा खोप लगाइसकेका थिए,’ उनले भने। दोस्रो लहरमा बढी संक्रामक देखिएको कोरोना भाइरसको डेल्टा भेरिएन्ट छ्यापछ्याप्ती रहेका बेला पनि सात भागको एक भाग कर्मचारी संक्रमित हुनु र उनीहरू कसैलाई पनि अस्पताल भर्ना गर्नु नपर्ने अवस्था खोपकै प्रभाव भएको डा. दासले बताए

निजामती अस्पतालमा कोभिडको दोस्रो लहरमा ६ जना डाक्टरसहित २२ देखि ५६ वर्षसम्मका २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई संक्रमण देखिएको थियो। उनिहरूले दुवै मात्रा खोप लिएका थिए। तीमध्ये २ जनालाई मात्र अस्पतालमा भर्ना गर्नुपर्‍यो। उनीहरूमा पनि मध्यम किसिमको लक्षण देखिएको थियो। निजामती अस्पतालका डा. मरहट्टाले भने, ‘खोप मात्र कोभिडको समाधान हो। पछिल्लो समय नेपालमा ४५ जना युवा डाक्टरको कोभिडले मृत्यु भयो तर उहाँहरूले खोप लिएको इतिहास थिएन

मुलुकमा कोभिडको दोस्रो लहर आउनुअगावै १३ लाख ६४ हजार ७ सय १ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिइसकेकाले ६५ वर्षमाथिको उमेर समूहमा अनुमान गरिएभन्दा धेरै कम मृत्युदर देखिएको स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताएएक मात्रा खोपले पनि ज्येष्ठ नागरिकमा संक्रमण, मृत्युदर र अस्पताल बसाइको समय घटाएको देखिन्छ,’ उनले भने, ‘यसले एक मात्रा खोप लगाए पनि शरीरमा प्रतिरोधी क्षमता बढ्ने बुझ्न सकिन्छ(कान्तिपुर दैनिकमा अतुल मिश्रको रिपोर्ट)

 

प्रतिकृया दिनुहोस