• १७ कार्तिक २०८३, मंगलबार

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

सोलु। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस