नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग
काठमाडौं । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, नर्सिङ, प्राविधिक तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ।
कलेजले सहायक प्राध्यापक, लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन खुलाएको हो।
कलेजका अनुसार सम्बन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता, तालिम तथा अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्। स्टाफ नर्स पदमा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारले कलेजको आधिकारिक करिअर वेबसाइट मार्फत अनलाइन आवेदन दिन वा career@nmcth.edu मा इमेल पठाउन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकिएको छ। कलेजले झन्डै तीन दशकदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा योगदान दिँदै आएको छ।





..jpeg)
















प्रतिकृया दिनुहोस