होली विशेष: सुरक्षित र प्राकृतिक रंगसँग रमाऔं
होली अर्थात् रंगहरूको उत्सव, सामाजिक र सांस्कृतिक मात्र होइन, स्वास्थ्यका हिसाबले पनि सचेत भएर मनाउनुपर्ने पर्व हो। प्रकृति जस्तै सप्तरंगी जीवन जिउने सन्देश बोकेको होली खेल्दा हामीले केही स्वास्थ्य सावधानी अपनाउन जरुरी छ।
प्राकृतिक रंगको प्रयोग गरौं
रातो चन्दन, बेसार, टमाटर–गाजरको रस, धनियाँ–पुदिनाको पेस्टबाट बनेका रंग प्रयोग गर्नु उत्तम हुन्छ।
रसायन मिसिएको बजारका रंगले छाला एलर्जी, आँखा जलनदेखि गम्भीर रोगसमेत गराउन सक्छन्।
खेल्नुअघि तयारी
छालामा मोइस्चराइजर वा तेल लगाएर मात्र रंग खेलौं।
केसमा नरिवल तेल वा हेयर सिरम लगाउँदा रंगको असर कम हुन्छ।
आँखामा चस्मा लगाउनु फाइदाजनक हुन्छ।
खेलिसकेपछि
हल्का साबुन र मनतातो पानीले शरीर सफा गरौं।
छालामा जलन भए तुरुन्त सफा पानीले धुने र आवश्यक परे चिकित्सकको सल्लाह लिने।
ध्यान दिनुहोस्
नचिनेका व्यक्तिलाई जबर्जस्ती रंग नलगाऔं।
सुख्खा, गुणस्तरीय अबिर सुरक्षित विकल्प हुन सक्छ।
रंगीन होली मनाऔं, तर स्वास्थ्यलाई प्राथमिकता दिऔं।







..jpeg)















प्रतिकृया दिनुहोस