संयुक्त राष्ट्रसंघको विश्व ध्यान दिवस घोषणासभालाई, श्री श्री रविशंकरले सम्बोधन गर्ने
काठमाडौं। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान घोषणा गर्न आयोजित शभालाई आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरले सम्बोधन गर्ने भएका छन्।
डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष सभामा प्रमुख वक्ता ‘की नोट स्पिकर’का रुपमा श्री श्री रविशंकरले सम्बोधन गर्ने भएका हुन्।
त्यस लगत्तै श्री श्री रवि शंकरले २१ डिसेम्बरका दिन ‘वर्ड मेडिटेट विथ गुरुदेव’ नाम दिइएको कार्यक्रमका माध्यमबाट विश्वभरका मानिसहरुकालागि प्रत्यक्ष ध्यान तथा प्रवचन दिने कार्यक्रम रहेको आर्ट अफ लिभिङ नेपलले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।
विश्व ध्यान दिवसको अवसरमा हुने ‘वर्ड मेडिटेट विथ गुरुदेव’ नामक प्रवचन कार्यक्रमलाई गुरुदेवका सम्पूर्ण अफिसियल सामाजिक संजाल मार्फत समेत विश्वव्यापी रुपमा प्रत्यक्ष प्रशारण गरिने छ।
यही ७ डिसेम्बरका दिन संयुक्त राष्ट्र संघको बोर्ड बैठकले विश्व ध्यान दिवसको रुपमा २१ डिसेम्बरको दिनलाई मनाउने निर्णय गरेको थियो। पत्रकार सम्मेलनमा द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले नेपाल सहित १८४ देशमा यसको प्रत्यक्ष प्रशारण हुने जानकारी दिदै अध्यात्म र प्रविधीको संगमले एकैचोटी एक अर्ब मानिसले प्रत्यक्ष ध्यान गर्न लागेको बताए।
त्यसैगरी आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले शरीर स्वस्थ राख्न योगको भूमिका रहेजस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान जरुरी रहेको भन्दै ध्यानको परिवर्तनकारी फाइदाहरू उजागर गर्न र शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि यसको अभ्यासलाई प्रवर्द्धन गर्न युएनले विश्वव्यापी उत्सवको रुपमा यो दिन मनाउन लागेको बताए।







..jpeg)















प्रतिकृया दिनुहोस