“उपचार नैसर्गिक अधिकार" भन्ने नाराका साथ सुरुगरिएको ‘ब्युटिफुल माइण्ड राष्ट्रिय जनजागरण अभियान’को स्वास्थ्य मन्त्री बस्नेतले गरे शुभारम्भ
चितवन। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले “उपचार नैसर्गिक अधिकार" भन्ने नाराका साथ सुरुगरिएको ‘ब्युटिफुट माइण्ड राष्ट्रिय जनजागरण अभियान’को उद्घाटन गरेका छन्।
ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साईक्याट्रीले ‘ब्युटिफुल माइण्ड जाऔं, मानसिक स्वास्थ्य प्रवर्दनमा सहभागी बनौं’ भन्दै आज खैरहनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले अभियानको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आत्महत्यालाई न्यूनिकरण गर्न यो अभियान सफल हुने भन्दै उहाँले भन्नुभयो “शिक्षा, स्वास्थ्य र आर्थिक अभावका कारण आवेगमा आए पनि आत्महत्याको घटना भईरहेका छन्।”

राज्यले आधारभूत आवश्यकता पूरा गर्न सके आत्महत्या गर्नुपर्ने अवस्था नआउने भन्दै मन्त्री बस्नेतले भने “स्वास्थ्य सेवा हुनेखानेलाई सहज बनाउने, गरिबलाई निःशुल्क गराउनु जरुरी छ।”
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको यस कामको प्रसंसा गर्दै। मानसिक रोगको उपचारका लागि तीनै तहका सरकारको दायित्व हुनुपर्ने बताए।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अभियानका सर्जक तथा संरक्षण डा.गिरिराज भन्तानाले अभियानका बारेमा प्रकाश पारेका थिए।
सो अवसरमा अभियानका प्रमुख प्रबर्धक कलाकार मनोज गजुरेलले युवालाई सामाजिक सञ्जालले मानसिक प्रभाव पारेको भन्दै भने “सामाजिक सञ्जाललाई तपाईले प्रयोग गर्नुहोस्, सामाजिक सञ्जालले तपाईलाई प्रयोग नगरोस्।” उहाँले सामाजिक सञ्जालमा भाईरल हुनु भनेको भाईरस जस्तै भएको टिप्पणी गरे।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख शशि खनिया, प्रा.डा.सरोजप्रसाद ओझा, जिविसका पूर्व सभापति कृष्णलाल सापकोटा, शिक्षाविद् प्रेम रिमाल, मनोचिकित्सक प्रा.डा.शैलेन्द्रराज अधिकारी, डा.सुदर्शन नरसिंह प्रधान, शेषनाथ अधिकारी, मिरोज गजुरेल लगायतले आफ्नो बिचार राखेका थिए।







..jpeg)















प्रतिकृया दिनुहोस