• २५ असोज २०८३, आइतबार

बीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त

काठमाडौं । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन्। उनी दोस्रो पटक अस्पतालको कार्यकारी निर्देशक बनेका हुन्।

अस्पताल सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

कार्यकारी निर्देशक पदका लागि सात जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा डा. आचार्यसहित डा. अजयकुमार झा, डा. उमेश नेपाल, डा. कृष्णसागर शर्मा, डा. गुरूशरण साह, डा. प्रदीप थापा र डा. रञ्जनभक्त भण्डारी थिए।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस