बजारका अधिकांश सागजन्य तरकारीमा खान अयोग्य विषादी
काठमाडौं। काठमाडौं उपत्यकाका बजारका अधिकांश सागजन्य तरकारीमा विषादी पाइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार परीक्षण गरेको तरकारीमध्ये अधिकांशमा विषादी भेटिएको हो।
समितिले १० वटा तरकारीको नमुना संकलन गरी विषादीको परीक्षण गर्दा ५ वटा तरकारीको नमुनामा विषादी पाइएको हो। सागजन्य तरकारीमा विषादीको मात्र भेटिएको छ। भक्तपुर क्षेत्रका पालुङ्गो, भाजी, पाकुचा र रायो सागमा विषादी भेटिएको हो। यी सागहरूमा ६१.८५० देखि ८९.०४४ प्रतिशत अगानोफस्फेट विषादीको रोकावट मात्रा भेटिएको छ। सोही विषादी मकवानपुर क्षेत्रको भाजीसँगमा ७९.४६२ प्रतिशत रोकावट मात्रा भेटिएको हो।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ। यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ।







..jpeg)















प्रतिकृया दिनुहोस