• ३० श्रावण २०८३, शनिबार

सुर्तीजन्य पदार्थको नियन्त्रणमा दक्षिण एसियाली मुलुकका प्रतिनिधि सम्मिलित नेतृत्व विकास सम्बन्धि पाँच दिने तालिम कोलम्बोमा सुरु

कोलम्बो। सुर्तीजन्य पदार्थको नियन्त्रणमा रणनीतिक नेतृत्व विकास गर्न श्रीलंकाको कोलम्बोमा दक्षिण एसियाका आठ देशका प्रतिनिधि सम्मिलित नेतृत्व विकास सम्बन्धि पाँच दिने तालिम सुरु भएको छ।

उक्त कार्यक्रम जोन्स हकिन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थ र ईन्स्टिच्युट फर ग्लोबल टोबाको कन्ट्रोलको सक्रियतामा  आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा जोन्स हकिन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थ (बीएसपीएच)का एसोसियट साइन्टिस स्टीव ट्याम्पलिन, स्वास्थ्य मन्त्रालय, श्रीलंकाका सचिव डा.पी.जी. महिपाल, विश्व स्वास्थ्य संगठन श्रीलंकाका प्रतिनिधि नेशनल अथोरिटी अन टोवाको एण्ड अल्कोहल(नाटा)का अध्यक्ष डा. एलन लुडोवाइके, ब्लूमबर्ग फिलान्थ्रोपिज क्रिस्टिन मोमानीले सुर्तीजन्य पदार्थको नियन्त्रणमा भएका कार्यक्रम र क्षेत्रीय रणनीतिका बारेमा साझा अवधारणाको विकासबारे आफ्ना धारण राखेका थिए।

त्यसैगरी बीएसपीएचका स्टीव टेम्पलिनले क्षेत्रीय सुर्तिजन्य पदार्थको नियन्त्रणको साझा दृष्टिकोणको विकास गर्दै दक्षिण एसियामा कसरी काम गरेको छ र चुनौतीहरू के रहेका छन् भन्ने बारेमा प्रस्तुति दिएका थिए।

त्यस्तै पहिलो दिन म्याक्वे सेन्टर फोर ल एण्ड क्यान्सरकी प्रबन्धक सुजेन झोउले डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसीटीसी)को प्रावधानहरूबारे प्रकाश पारेकी थिइन्।

त्यस्तै कार्यक्रमको सेसनहरुमा क्याम्पियन फर टोवाको फ्री किड्सकी उपाध्यक्ष वन्दना शाह, भाइटल स्ट्राटिजीकका निर्देशक दक्षिण पूर्व एशिया र पूर्वी भूमध्य क्षेत्रका निर्देशक आशिष पाण्डे तथा एशिया-प्रशान्त क्षेत्रका निर्देशक डा तारा सिंह बमले महत्वपूर्ण रणनीतिहरूका बारेमा आफ्ना धारणा राखेका थिए।

त्यसैगरी प्रिभेन्सन एण्ड पब्लिक हेल्थ कन्सल्टेन्सी सर्भिसेजकि निर्देशक तथा बीएसपएचकी कन्सल्टेन्ट डा. एन्टी डेभिडले लिडरसिपको विकास र लिडरमा हुनुपर्ने गुणका बारेमा आफ्नो प्रस्तुती दिएकी थिइन्।

कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, मालदिप्स र अमेरिका सहित  आठ देशका सुर्तीजन्य पदार्थको नियण्त्रणमा आ-आफ्नो क्षेत्रबाट काम गरेका सरकारी अधिकारी, सांसद, अभियन्ता, गैर सरकारी संस्था तथा मिडिया प्रतिनिधि सहित करिव ९० जनाले सहभागिता रहेको छ।

सहभागीहरुले अबका पाँच दिनसम्म स्वास्थ्य, वातावरण तथा अर्थतन्त्रमा  सुर्तीजन्य पदार्थले पारेको असर र यसको नियन्त्रणका रणनीति तथा प्रयास र अभ्यासबारे स्थानीय, क्षेत्रीय तथा अन्तराष्ट्रिय अनुभवहरु साट्ने तथा सिक्ने छन्।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस