निजामती कर्मचारी अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरु
काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीको स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको छ।
नयाँ सुविधामार्फत बिरामीले घरबाटै आफूले परामर्श लिन चाहेको चिकित्सक र उपलब्ध समय छनोट गरी सात दिनअघिसम्म भेट्ने समय बुक गर्न सक्नेछन्।
यस सेवाले चिकित्सकलाई देखाउन अस्पताल पुगेर टिकट काट्न तथा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने अस्पतालको अपेक्षा छ। साथै, बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले अनलाइन अपोइन्टमेन्ट सुविधा सञ्चालनमा ल्याएको हो।




..jpeg)









प्रतिकृया दिनुहोस